२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रोकियो सेयर बजारको गिरावट, कति भयो कारोबार ?  


सञ्चार डबली
  • शुक्रबार, वैशाख ११ २०८३
  • 4.1K
    SHARES

  • images
    रोकियो सेयर बजारको गिरावट, कति भयो कारोबार ?  


    काठमाडौं ।  साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घट्ने क्रम थामिएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंक बढेर बन्द भएको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा कायम भएको छ । अघिल्ला चार कारोबार दिन लगातार बजार घटेको थियो । आज कारोबार रकम सामान्य बढेको छ । हिजो ५ अर्ब ९ करोडको कारोबार भएकोमा आज ५ अर्ब २७ करोडको भयो ।

    ८७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रह्यो । बैंकिङ ०.२२, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.२५, उत्पादन तथा प्रशोधन ०.६६ तथा व्यापार ०.५८ प्रतिशत बढे ।

    अन्य समूह सबैभन्दा धेरै १.०२ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.३५, जीवन बीमा ०.२६, लगानी ०.०२ तथा फाइनान्स ०.६२ प्रतिशत घटे ।

    तीन कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १२.६२ तथा श्रीनगर एग्रिटेकको ४.९१ प्रतिशत मूल्य बढ्यो ।

    मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend