२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

साताको अन्तिम दिन सेयर बजार १३ अंकले घट्यो


सञ्चार डबली
  • शुक्रबार, चैत २७ २०८२
  • 4.1K
    SHARES

  • images
    साताको अन्तिम दिन सेयर बजार १३ अंकले घट्यो

    काठमाडौं- साताको अन्तिम कारोबार दिन (शुक्रबार) नेप्से परिसूचकमा  गिरावट आएको छ । आज  नेप्से परिसूचक १३.४६ अंकले घटेर २,८३७.७७ बिन्दुमा बन्द भएको छ जुन ०.४७ प्रतिशतको कमी हो। 

    Screenshot 2026-04-10 150150

    बजारमा विक्री दबाब उच्च रहँदा अधिकांश सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा गिरावट देखिएको छ।

    आज कुल कारोबार रकम ८ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने २ करोड १० लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। बजार अवस्थालाई हेर्दा ५६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २०९ कम्पनीको घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन्।

    आज उत्पादनबाहेक हाइड्रोपावर समूह ०.०८ प्रतिशत बढ्यो । अरु सबै समूहका सूचक घटेका छन् । बैंकिङ ०.७४, विकास बैंक ०.६७, फाइनान्स ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४८, अन्य १.३९ तथा व्यापार १.०६ प्रतिशत घटे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend