२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एपोलो हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने


सञ्चार डबली
  • बिहीबार , चैत २६ २०८२
  • 2.8K
    SHARES

  • images
    एपोलो हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं ।  एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको छ ।

    निष्कासन गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रयोग गरी दिन सकिनेछ ।

    कम्पनीका अनुसार आईपीओ छिटोमा चैत ३० गतेसम्म र ढिलोमा वैशाख १० गतेसम्म खुला रहनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend