२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेशनल लाइफले दियो अभिकर्ताहरूलाई एक दिने तालिम


सञ्चार डबली
  • बुधबार, चैत २५ २०८२
  • 2.3K
    SHARES

  • images
    नेशनल लाइफले दियो अभिकर्ताहरूलाई एक दिने तालिम

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयहरूमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एकदिने तालिम प्रदान गरेको छ।

    प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरू र लुम्बिनी प्रदेश अन्तर्गतका केही शाखा कार्यालयहरू गरी १६० जना अभिकर्ताहरू उपस्थित भएका थिए।

    कार्यक्रममा उपस्थित भएका अभिकर्ताहरूलाई महेन्द्रनगर शुक्लाफाँटास्थित होटल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्रकै चर्चित उपाधि एमडीआरटीको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए।

    कम्पनीका सहायक महाप्रवन्धक विवेक शर्माले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले सहभागिहरूलाई स्वागत गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूलाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरू मार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए।

    यसैगरी कार्यक्रममा विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखा स्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई सहायक महाप्रबन्धक विवेक शर्माले मायाको चिनो प्रदान गरेका थिए। सहाभागी अभिकर्ताहरूले आफ्नै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराइदिएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताहरूले सम्मान प्राप्त गर्दा आफूले गरेको मेहेनतको कदर भएको बताएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend