२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल बैंकका कर्मचारीको बीमा सुरक्षाका लागि नेशनल लाइफसँग सम्झौता


सञ्चार डबली
  • बिहीबार , असोज १ २०८३
  • 605
    SHARES

  • images
    नेपाल बैंकका कर्मचारीको बीमा सुरक्षाका लागि नेशनल लाइफसँग सम्झौता

    काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत स्मृती राज कंडेल र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन सुरक्षालाई लक्षित गरी जीवन बीमा सुविधा उपलब्ध गराइनेछ । कर्मचारीहरूको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताले बैंकका कर्मचारीहरूलाई बीमा मार्फत थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ ।

    सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेको थिए। कार्यक्रममा सहभागी पदाधिकारीहरूले कर्मचारीहरूको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको उल्लेख गर्दै यस प्रकारको सहकार्यले संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

    नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक तथा संस्थागत साझेदारहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend