२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सेयर बजार फेरि घट्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, चैत २४ २०८२
  • 4.5K
    SHARES

  • images
    सेयर बजार फेरि घट्यो, कति भयो कारोबार ?

    काठमाडौं– अघिल्लो दिन ८३ अंक बढेको सेयर बजार आज (मंगलबार) सेयर बजार २.६१ अंक घटेको छ ।

    आज सेयर बजार परिसूचक २७५७.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको बढेको छ । त्यस्तै आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले घटेर ४७१.१३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ । नेप्से परिसूचक घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ । 

    आज सेयर बजारमा ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर ८१ हजार ५८२ पटक खरिद बिक्री हुँदा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० रुपैयाँको कारोबार भएको छ । 

    सेयर बजार घटेपनि आज ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend