२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शिखर पावर डेभलपमेन्टको आईपीओ आजदेखि बिक्री खुला


सञ्चार डबली
  • आइतबार, फागुन १७ २०८२
  • 3.3K
    SHARES

  • images
    शिखर पावर डेभलपमेन्टको आईपीओ आजदेखि बिक्री खुला

    काठमाडौं / शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।

    निष्कासन गरिएको शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सकिनेछ ।

    कम्पनीका अनुसार यो शेयर छिटोमा फागुन २६ गतेसम्म र ढिलोमा चैत १ गतेसम्म खुला रहनेछ । शेयर निष्कासनको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत पुस १६ गते ३२ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ३२ लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend