२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेशनल लाइफ इन्स्योरेन्सको बार्षिकोत्सव सम्पन्न, दक्षता अभिवृद्धिका लागि कर्मचारीलाई एआई सम्बन्धि तालिम


सञ्चार डबली
  • सोमबार, फागुन ११ २०८२
  • 3.4K
    SHARES

  • images
    नेशनल लाइफ इन्स्योरेन्सको बार्षिकोत्सव सम्पन्न, दक्षता अभिवृद्धिका लागि कर्मचारीलाई एआई सम्बन्धि तालिम

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औँ बार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ।

    काठमाडौँस्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको उद्घाटन दीप प्रज्वलनसहित कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले गरेकी थिइन् ।

    अध्यक्ष सिंहले कर्मचारी, अभिकर्ता, बिमित तथा शुभेच्छुक सबैप्रति आभार व्यक्त गर्दै कम्पनीलाई अग्रस्थानमा पुर्याउन उनीहरूले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिएको बताइन् ।

    साथै, उनले कर्मचारीहरूलाई उच्चस्तरीय सेवा प्रवाह र प्रविधि दक्षता वृद्धि गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि तालिम प्रदान भइरहेको जानकारी पनि दिइन् ।

    सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता र सरोकारवालाको सहयोगले कम्पनीले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै भविष्यमा पनि त्यस्तै साथ रहिरहने विश्वास व्यक्त गरे । साथै नियामक निकाय र अन्य सम्बन्धित संस्थाबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।

    कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरमा शैक्षिक सामाग्री वितरण, बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम, र रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो।

    देशभरका शाखा तथा प्रदेश कार्यालयहरूले वृद्धाश्रम, बालकल्याण संस्था र मानव सेवा आश्रममा पनि यस्तै कार्यक्रम आयोजना गरेका थिए।

    बार्षिकोत्सव सप्ताहअन्तर्गत कर्मचारीहरूको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्न क्रिकेट, फुटसल, टेबल टेनिस र बुद्धिचालजस्ता अन्तर(कर्मचारी खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको थियो।

    समापन कार्यक्रममा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले विजेता कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend