२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रास्वपाको पूँजीबजार सुधार योजना


सञ्चार डबली
  • शुक्रबार, फागुन ८ २०८२
  • 3.0K
    SHARES

  • images
    रास्वपाको पूँजीबजार सुधार योजना

    काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन व्यापक संरचनागत तथा कानूनी सुधार कार्यक्रम सार्वजनिक गरेको छ। सुर्खेतमा आयोजित कार्यक्रममा चुनावी वाचापत्र प्रस्तुत गर्दै पार्टीले नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्रलाई प्राथमिकता दिने घोषणा गरेको हो।

    पार्टीले धितोपत्र ऐन, २०६३ संशोधन गर्दै नेपाल धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने, नियामक निकायलाई पर्याप्त जनशक्ति तथा स्वायत्तता प्रदान गर्ने र इनसाइडर ट्रेडिङ तथा बजार हेरफेरविरुद्ध शून्य सहनशीलता नीति अपनाउने प्रतिबद्धता जनाएको छ।

    त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनःसंरचना गरी निजी क्षेत्रको सहभागिता बढाउने, प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने र पूँजीबजारको संरचनागत क्षमता विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ।

    रास्वपाले इन्ट्राडे कारोबार, शर्ट सेलिङ, फ्युचर्स तथा अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणलाई चरणबद्ध रूपमा लागू गर्दै नेप्सेलाई अन्तरराष्ट्रिय स्तरमा उभ्याउने लक्ष्य लिएको छ। साथै, आइपीओ प्रणालीमा निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ प्रक्रियामा सुधार र समयमै सूचीकरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    पार्टीको विश्वास अनुसार प्रस्तावित सुधारहरूले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने मात्र नभई पूँजीबजारलाई दिगो र प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend