२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा सामान्य अंकको गिरावट, १६ अर्ब ३५ करोड माथिको कारोबार


सञ्चार डबली
  • सोमबार, माघ १२ २०८२
  • 4.1K
    SHARES

  • images
    नेप्सेमा सामान्य अंकको गिरावट, १६ अर्ब ३५ करोड माथिको कारोबार

    काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा कायम भएको छ ।

    आज दिनभरिमा ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाखको सेयर कारोबार भएको छ । आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    Capture11

    आज हिमालयन पावर पार्टनरको सर्वाधिक ६५ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ५६ करोड १६ लाख रुपैयाँ र तेस्रोमा मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन ५  कम्पनीका लगानीकर्ताले सर्वाधिक  कमाएका छन् । आज एसवाई प्यानल, हिम स्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९१ प्रतिशत र ट्रेड टावरका लगानीकर्ताले ९.२५ प्रतिशतका दरले कमाएका छन् ।

    Capture

    नेशनल हाइड्रोका लगानीकर्ताले आज सर्वाधिक ३.१२ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend