२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा ९.२३ अंकको वृद्धि, ९ अर्ब माथिको कारोबार


सञ्चार डबली
  • बिहीबार , माघ ८ २०८२
  • 4.0K
    SHARES

  • images
    नेप्सेमा ९.२३ अंकको वृद्धि, ९ अर्ब माथिको कारोबार

    काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को विन्दुमा कायम भएको छ ।

    आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज १६२ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

    Capture

    आज अंखु खोला जलविद्युतको सर्वाधिक ४० करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा मन्जुश्री फाइनान्सको ३५ करोड ९४ लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यानलको ३२ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक  कमाएका छन् । आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक, त्रीशुली जलविद्युतका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

    कालिका पावर कम्पनीका लगानीकर्ताले आज सर्वाधिक ६.२५ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend