२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पाल्पा सिमेन्टको आइपिओमा आजदेखि आवेदन खुला


सञ्चार डबली
  • शुक्रबार, पुस २५ २०८२
  • 3.5K
    SHARES

  • images
    पाल्पा सिमेन्टको आइपिओमा आजदेखि आवेदन खुला

    काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आइपिओ जारी गरेको हो ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ । यसमध्ये ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता सेयर पश्चिम नवलपरासी र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

    यस्तै, कुल जारी सेयरको १५ प्रतिशतको १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिएको छ । 

    स्थानीय बासिन्दा र वैदेशिक रोजगारीतर्फ छुट्याइएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिने कम्पनीले जनाएको छ ।

    आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन अवधि माघ ९ देखि माघ २५ गतेसम्म तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन पुस ३० देखि माघ ९ गतेसम्म खुला रहनेछ ।

    आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणअन्तर्गत स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ जारी गर्ने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend