२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सालपा विकास बैंकको आईपीओ बाँडफाँटको मिति तय


सञ्चार डबली
  • बुधबार, पुस २३ २०८२
  • 3.2K
    SHARES

  • images
    सालपा विकास बैंकको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । सालपा विकास बैंकको आईपीओ आगामी शुक्रवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ  बाँडफाँटका लागि आवश्यकको काम सम्पन्न भइसकेको छ।

    सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अन्तिम तथ्याङ्क अनुसार कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका छन्। 

    धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा कुल आवेदक मध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुने देखिएको छ।

    कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend