२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ


सञ्चार डबली
  • मंगलबार, साउन २ २०८०
  • 9.0K
    SHARES

  • images
    देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

     

    काठमाडौं, २ साउन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कास्कीकाे पोखरा महानगरपालिका-६ लेकसाईडस्थित सुबिलम्ब होटलको १०५ नम्बरको कोठाबाट अवैध लागूऔषध गाँजा २५ किलो २ ग्रामसहित सिन्धुली तिनपाटन गाउँपालिका-५ बस्ने २४ वर्षीय बिक्रम मोक्तानलाई प्रहरीले पक्राउ गरेको  छ । उक्त होटलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले होटलको कोठाको बोरामा लुकाई राखेको उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो । 

    बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने ४१ वर्षीय प्रमोद बस्नेत र सोही नगरपालिका-८ बस्ने २४ वर्षीय प्रतिक शाही रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ प३३८७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    झापाकाे मेचीनगर नगरपालिका-६ स्थित मेची भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्रामसहित सोही नगरपालिका-६ भानुटोल साठीबिघा बस्ने २९ वर्षीय अशोक डुम्जन तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२२ प ८७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हेलमेटको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थसहित  उनलाई पक्राउ गरेको हो । 

    ईलामकाे सूर्योदय नगरपालिका-६ कन्यामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्योदय नगरपालिका-५ समालबुङ बस्ने २१ वर्षीय प्रसिस खड्का र सोही नगरपालिका-६ कन्याम बस्ने २४ वर्षीय समिर तामाङ रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले झापाबाट ईलामतर्फ आउँदै गरेको बा.२१ च ७९७१ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित कार चालक खडका र कारमा सवार तामाङलाई पक्राउ गरेको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend