२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दीपेन्द्र अग्रवाल सीआईबीको नियन्त्रणमा


सञ्चार डबली
  • शुक्रबार, पुस ४ २०८२
  • 5.5K
    SHARES

  • images
    दीपेन्द्र अग्रवाल सीआईबीको नियन्त्रणमा

    काठमाण्डौ । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ। उनलाई राजधानी काठमाण्डौबाट अनुसन्धानका लागि आएको प्रहरी टोलीले पक्राउ गरेको हो।

    हाल अग्रवाल सीआईबीको नियन्त्रणमा रहेका छन् र सोधपुछ भइरहेको छ। उनका आफन्तजनले उनलाई कार्यालयमा राखेर भेटघाट गर्न नदिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार, अग्रवालले विगत केही समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका कारण पुरानो फाइल निकालेर प्रतिशोध स्वरूप पक्राउ गरिएको हो।

    सेबोन स्रोतका अनुसार, केही दिनअघि अग्रवाल संलग्न इन्साइडर ट्रेडिङसम्बन्धी छानबिन प्रतिवेदन सीआईबीलाई बुझाइएको थियो। सोही आधारमा अनुसन्धान अघि बढाइएको बताइएको छ।

    सीआईबीका प्रवक्ता शिव श्रेष्ठले अग्रवाल पक्राउ भएको पुष्टि गरेका छन्। उनका अनुसार, सेबोनको प्रारम्भिक प्रतिवेदनले अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गरी भ्रामक सूचना सार्वजनिक गरेर उच्च मूल्यमा बिक्री गरी करिब रु. ४९ लाखभन्दा बढी नाफा आर्जन गरेको देखाएको छ। साथै, अन्य टिएमएस प्रयोगकर्तामार्फत आफन्त तथा सम्बन्धित संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिम रूपमा बढाएको प्रमाणित भएको छ।

    यस आधारमा, धितोपत्र सम्बन्धी ऐन, २०६३ का विभिन्न दफाहरू उल्लंघन गरेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट अनुमति प्राप्त गरी ४२ वर्षीय अग्रवाललाई चुनदेवी, काठमाडौंबाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

    598388273_1189047446060423_1687779927766048906_n.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend