२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि


सञ्चार डबली
  • बिहीबार , पुस ३ २०८२
  • 4.2K
    SHARES

  • images
    १०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि


    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा रोकिएको छ । अघिल्लो बुधबार भने नेप्से २६२५.६९ अंकमा पुगेर रोकिएको थियो । यसदिन सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेकोछ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।

    नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । यसदिन कुल ३२९ स्टकको ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६४ हजार पटकको कारोबारमा भएको हो । यसअघि बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

    यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यी दुई कम्पनीको शेयर १० प्रतिशतभन्दा धेरैले बढेको हो । यस्तै, सिन्धु विकास बैंकको शेयर मूल्य पनि साढे ९ प्रतिशतले बढेको छ ।

    यसदिन बाराही हाइड्रो पब्लिक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको शेयर आज प्रतिकित्ता ४.७६ प्रतिशतले घटेर ५३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो । यस्तै, यसदिन कारोबार रकमका आधारमा बाराहि हाइड्रो पावर, राधि जलविद्युत कम्पनी र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन ब्यापार, निर्जीवन इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन वित्त र अन्य उपसमूहको सूचक १ प्रतिशत भन्दा धेरैले घटेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend