२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शेयर बजारमा सामान्य सुधार, साढे ३ अर्बको कारोबार


सञ्चार डबली
  • सोमबार, मंसिर २९ २०८२
  • 3.4K
    SHARES

  • images
    शेयर बजारमा सामान्य सुधार, साढे ३ अर्बको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६।७४ अंकले बढेर २,६०१ को विन्दुमा कायम भएको छ । 

    आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ ।

    सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.७२, विकास बैंक ०.३३, फाइनान्स ०.९०, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ तथा व्यापार समूह ०.२७ प्रतिशत बढेको छ ।

    दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेको छ । 

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाखको शेयर कारोबार भएको छ । 

    29.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend