२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम खुम्चियो


सञ्चार डबली
  • बिहीबार , मंसिर २५ २०८२
  • 3.1K
    SHARES

  • images
    शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम खुम्चियो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १.६६ अंकले घटेर २,६०७ को विन्दुमा कायम भएको छ ।

    आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १८ करोड ९७ लाख रुपैयााको शेयर कारोबार भएको छ । श्रीनगरको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सागर डिष्टिलरीको ९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

    25.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend