२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने


सञ्चार डबली
  • बुधबार, मंसिर २४ २०८२
  • 3.9K
    SHARES

  • images
    बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने


    काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार सामान्य अंकले बढेको थियो, तर बुधबार पुनः घटेर २६०६.२० विन्दुमा झरेको छ, जसमा ७.८६ अंकको कमी आएको छ ।

    यसदिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ । कारोबार रकम पनि केही घटेको देखिएको छ । मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।

    यस दिन ३ स्टकले सकारात्मक सर्किट हानेको देखिएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.५ प्रतिशत भन्दा बढी र थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशत भन्दा बढी बढेको छ ।

    कारोबारमा आएको झापा इनर्जीको शेयर मूल्य यस दिन ९.३०५ ले घटेको छ ।कारोबार रकमका आधारमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्ष स्थानमा रहेको छ, जसको २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

    त्यसैगरी, ङादी ग्रुप पावरको कारोबार १७ करोड रुपैयाँभन्दा बढी र युनिभर्सल पावर कम्पनीको कारोबार साढे ११ करोड रुपैयाँ नाघेको छ ।

    १३ उपसमूहमध्ये बुधबार १ उपसमूहको परिसूचक मात्र बढेको छ, जुन म्युचुअल फण्ड उपसमूह हो। बाँकी १२ उपसमूहको परिसूचक घटेको छ, तर गिरावट दर १५ भन्दा कम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend