२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अन्तिम ६ मिनेटमा बढ्यो सेयर बजार, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, मंसिर २३ २०८२
  • 4.0K
    SHARES

  • images
    अन्तिम ६ मिनेटमा बढ्यो सेयर बजार, कति भयो कारोबार ?

    काठमाडौं । लगातार घटेको छैटौं कारोबार दिनपछि सातौं दिनमा सेयर बजार सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६१४ अंकमा कायम भएको छ ।

    बजार दिउँसो २ : ५४ बजे २६०६ अंकमा झरेकोमा अन्तिम ६ मिनेटमा बढेको हो । आजका लागि बजारको न्यूनतम अंक नै २६०६ अंक रह्यो । १२ ः २० बजे नेप्से २६२० अंकसम्म पुगेको थियो ।

    आज १४८ कम्पनीको मूल्य बढ्दा १०१ को घट्यो भने ९ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भयो ।

    बैंकिङ ०.१२, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.१७ तथा व्यापार ०.०१ प्रतिशत घटे । विकास बैंक ०.३१, फाइनान्स ०.४०, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.८४, लगानी ०.१६, जीवन बीमा ०.८२ तथा उत्पादन/प्रशोधन ०.५३ प्रतिशत बढे ।

    तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक, माथिल्लो मैलुङखोला जलविद्युत् छन् । त्यस्तै स्वेतगंगा हाइड्रोपावरको ८.७६, सुपरमादी हाइड्रोपावरको ८.१० प्रतिशत मूल्य बढ्यो ।

    हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ३.८८ प्रतिशत घट्यो । मिथिला लघुवित्तको ३.४६, कालिका लघुवित्तको ३.३२ तथा लक्ष्मी सनराइज बैंकको २.५९ प्रतिशत मूल्य घट्यो ।
    आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, लक्ष्मी सनराइज बैंक, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend