२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भुजुङ हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्दै


सञ्चार डबली
  • मंगलबार, मंसिर २३ २०८२
  • 4.2K
    SHARES

  • images
    भुजुङ हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्दै

    काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्ने भएको छ ।

    कम्पनीलाई जारी पूँजी १ अर्ब रुपैयाँमध्ये २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति प्राप्त छ । यसमध्ये १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता प्रतिशेयर १०० रुपैयाँ दरका शेयर आयोजना प्रभावित स्थानीयहरूका लागि खुला गरिनेछ ।

    त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको भागको १० प्रतिशत बराबरको १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका, श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि खुला गरिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend