काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा सामान्य घटेको छ। नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ को विन्दुमा झरेर बन्द भएको हो
आज दिनभरमा ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ वटा कम्पनीको शेयर मूल्य घटेको छ। आज ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
सोमबार जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशत बढेको छ । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशत घटेको छ ।
४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतलृ बढेको कम्पनीमा अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक रहेका छन् ।



