२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप, सिमानामा ५ दिनसम्म आक्रमण


सञ्चार डबली
  • सोमबार, मंसिर २२ २०८२
  • 4.8K
    SHARES

  • images
     थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप, सिमानामा ५ दिनसम्म आक्रमण


    काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा युद्धविराम भएको थियो।

    सोमबार दुवै देशले एक अर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यसले दुई देशबीच पुनः संकट उत्पन्न हुने संकेत गरेको छ।सोमबार बिहान दुवै देशले एक अर्कामाथि सीमानामा पहिले हमला गरेको आरोप लगाएका छन्।  

    थाइ सेनाले कम्बोडियाली सेनाबाट भएको गोलाबारीमा परी आफ्नो एक सैनिकको मृत्यु र दुई जना घाइते भएपछि जबाफस्वरू हवाई आक्रमण गरेको बताएको छ।

    थाइ सेनाका मेजर जनरल विन्थाइ सुवारीले चोङ आन मा पास क्षेत्रमा रहेका कम्बोडियाका सैन्य समर्थन केन्द्रहरूलाई लक्ष्य बनाएर आक्रमण गरिएको बताएका छन्। उनका अनुसार ती स्थानबाट थाइल्याण्डको एनुपोङ बेसमा तोप र मोर्टार प्रहार गरिएको थियो।अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार कम्बोडियाले स्थानीय समयअनुसार बिहान ३ बजेपछि सीमा क्षेत्रमा गोलाबारी सुरु गरेको थियो।

    तर कम्बोडियाली सेनाले भने बिहान ५:०४ बजे थाइ सेनाले नै आफ्ना फौजमाथि आक्रमण गरेको आरोप लगाएको छ। कम्बोडियाले पछिल्ला दिनहरूमा थाइल्यान्डले सीमानामा उत्तेजक गतिविधि गरेको आरोप लगाएको छ।

    सीमानामा तनावपछि थाइल्यान्डले सीमा क्षेत्रका करिब ७० प्रतिशत नागरिकलाई सुरक्षित स्थानमा सारेको सिएनएनले जनाएको छ।उद्धारका क्रममा एक जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरिएको छ।यसअघि जुलाई महिनामा दुई देशबीच पाँच दिनसम्म चलेको झडपमा दर्जनौंको ज्यान गएको थियो भने दुई लाख हाराहारीमा नागरिकहरू विस्थापित भएका थिए।

    जुलाई २८ मा ट्रम्पको पहलमा युद्धविराम भएको र अक्टोबर अन्त्यतिर मलेसियाको क्वालालम्पुरमा युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो।तर सम्झौता भएको दुई साताभित्रै सीमा क्षेत्रमा ल्यान्डमाइन विस्फोटमा थाइ सैनिक घाइते भएपछि थाइल्यान्डले सम्झौताको प्रगतिलाई रोकिदिएको थियो। दुई देशबीच सीमानाको विषयमा दशकौंदेखि विवाद चल्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend