२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा


सञ्चार डबली
  • सोमबार, मंसिर २२ २०८२
  • 4.8K
    SHARES

  • images
    रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

    काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ निष्कासन प्रक्रिया सुरू गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर जारी गरेको हो ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ ।

    लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सुविधा प्राप्त सबै बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend