२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सानिमा बैंक लिमिटेडको २१ औं वर्ष पूरा


सञ्चार डबली
  • आइतबार, मंसिर २१ २०८२
  • 3.4K
    SHARES

  • images
    सानिमा बैंक लिमिटेडको २१ औं वर्ष पूरा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१ औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशक बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१ औं वार्षिकोत्सव मनाएको छ ।

    यसै अवसरमा बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर सहयोग प्रदान गर्नेहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।

    बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले  बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गरे । यस्तैगरी कर्मचारीहरुलाई संगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि प्रोत्साहन गरे ।

    सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend