२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकलाई विशेष छुट


सञ्चार डबली
  • शुक्रबार, मंसिर १९ २०८२
  • 4.2K
    SHARES

  • images
    एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकलाई विशेष छुट

    काठमाडौं ।  एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा दिने भएको छ । निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेेछ ।

    ग्राहकले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नेछ ।

    बैंकले मुलुकभरका १५० वटा बैंक शाखाहरुमा ग्राहकको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ ।

    बैंकले ल्याएको यस छुट सुविधाबाट लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । लकर सेवा बारेमा थप जानकारी बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend