२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिटिजन्स बैंक लगातार दोस्रो वर्ष ‘बैंक अफ द ईयर २०२५’ अवार्डबाट सम्मानित


सञ्चार डबली
  • शुक्रबार, मंसिर १९ २०८२
  • 4.1K
    SHARES

  • images
    सिटिजन्स बैंक लगातार दोस्रो वर्ष ‘बैंक अफ द ईयर २०२५’ अवार्डबाट सम्मानित

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२५’ अवार्ड प्राप्त गरेको छ। लण्डनमा द फाइनान्सियल टाईम्सद्वारा डिसेम्बर ३ मा आयोजित समारोहमा बैंकका अध्यक्ष प्रवल जङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले अवार्ड ग्रहण गरे। यसअघि २०२४ मा पनि सोही अवार्ड जितेको बैंक लगातार दोस्रो वर्षसम्म सम्मानित भएको हो। समारोहमा १२५ भन्दा बढी देशका बैंकका प्रतिनिधिहरूको सहभागिता थियो।

    नेतृत्वद्वयले अवार्डले बैंकलाई अझ जिम्मेवार र ग्राहकमैत्रि सेवा विस्तारमा प्रेरित बनाएको उल्लेख गरे। द फाइनान्सियल टाईम्सले वार्षिक कार्यसम्पादनका आधारमा प्रदान गर्ने यो अवार्ड नेपालका केही बैंकहरूले मात्र पाएका छन्।

    सिटिजन्स बैंकले हालै फोनपे क्रेडिट कार्ड (भर्चुअल), जेन–जी सेभिङ अकाउन्ट, डिजी बैंक प्लेटफर्म, फ्रिलान्सर बचत खाता, मोबाइलमार्फत शेयर आवेदन तथा सीआरएन सेवा जस्ता आधुनिक सुविधा ल्याएको छ। ६१ जिल्लाका २०० शाखासहित १९ लाख ५६ हजार ग्राहकलाई सेवा दिइरहेको बैंकले आधुनिक डिजिटल बैंकिङमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend