२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि जागिर खुल्यो


सञ्चार डबली
  • शुक्रबार, मंसिर १९ २०८२
  • 4.8K
    SHARES

  • images
    नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि जागिर खुल्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि जागिर खुलेको छ । बैंकले शुक्रबार एक सूचना निकाल्दै ७६ वटा पदका लागि दरखास्त आह्वान गरेको हो । राष्ट्र बैंकले मंसिर १९ देखि सहायक निर्देशक अन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, सामान्य प्रशासन, लेखा/लेखापरीक्षण, वाणिज्य कानुन तथा सहायक द्वितीय पदका लागि खुला प्रतिस्पर्धा मार्फत दरखास्त आह्वान गरेको हो ।

    सहायक निर्देशक पदका लागि सम्बन्धित बिषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने सहायक द्वितीयका लागि प्रमाणपत्र तह २ तथा लोक सेवा आयोगको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ ।

    उक्त पदमा आवेदन दिन चाहाने उम्मेदवारले बैंकको अनलाइन पोर्टल jobs.nrb.org.npमा गई नागरिकता, शैक्षिक प्रमाणपत्र, अनुभव / तालिमका कागजात तथा पासपोर्ट साइज फोटोको स्क्यान प्रतिलिपि पेस गर्न सक्नेछन् । आवेदनका लागि साधारण दस्तुरको पुस १० गते सम्म रहेको छ भने दोब्बर दस्तुर को म्याद पुस १७ गतेसम्म रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend