२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

माछापुच्छ्रे एसआईपी योजनाको इकाई खरिदको आज अन्तिम दिन


सञ्चार डबली
  • बुधबार, मंसिर १७ २०८२
  • 4.5K
    SHARES

  • images
    माछापुच्छ्रे एसआईपी योजनाको इकाई खरिदको आज अन्तिम दिन

    काठमाडौं ।  एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे« एसआईपी योजना’को इकाई खरिदको आज अन्तिम दिन रहेको छ । यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

    माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे« क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको इकाई बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला गरिएको थियो । यस योजनामा कुल ५ करोड इकाई निष्कासन गरिएको हो, जसमा प्रथम चरणमा २ करोड इकाइको बिक्रीको लागि आवेदन खुला गरिएको छ ।

    कोष प्रवद्धक र योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ७५ लाख इकाई छुट्टाइएको छ, जसमा १४ प्रतिशत अर्थात् ७० लाख इकाई माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात् ५ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको छ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९ आस्वा सदस्य का कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन र बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल कार्यरत रहेको यो योजना नेपालको लगानी बजारमा एक आकर्षक अवसरको रुपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend