२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एन आई सी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा सेवा लिँदा २० प्रतिशतसम्म छुट


सञ्चार डबली
  • मंगलबार, मंसिर १६ २०८२
  • 3.7K
    SHARES

  • images
    एन आई सी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा सेवा लिँदा २० प्रतिशतसम्म छुट

    काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

    यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

    यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सकिनेछ। ENT and General Service अन्तर्गत OPD मा २० प्रतिशत तथा Investigation मा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

    साथै, आँखा उपचार गर्दा OPD General मा २० प्रतिशत, Operation Charge, Surgery Package तथा Investigation मा ५ प्रतिशत, Laboratory मा १० प्रतिशत र Optical Products मा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सकिनेछ ।

    यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

    उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend