२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डले दियो स्वीकृति


सञ्चार डबली
  • सोमबार, मंसिर १५ २०८२
  • 5.0K
    SHARES

  • images
    कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डले दियो स्वीकृति

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमति दिएको छ । 

    विकास बंैकको १८ आंै वार्षिक साधारणसभावाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकको स्वीकृति लिई धितोपत्र बोर्ड समक्ष स्वीकृतिका लागि पेश गरेकोमा बोर्डले स्वीकृति दिएको जनाकारी अर्थ डबलीलाई दिएको छ । 

    उक्त अग्राधिकार शेयर जारी गरेसँगै विकास बैंकको पूँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले अर्थडबलीलाई बताएको छ । 
    हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयरमा लगानीको उचित माध्यम हुनेछ । 

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद शेयरको विकल्पको रुपमा सर्कुलर मार्फत् अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend