२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआईसी एशिया बैंक र एनसीएचएलबीच नेपाल पे कार्ड जारी गर्ने सम्झौता


सञ्चार डबली
  • सोमबार, मंसिर १५ २०८२
  • 4.6K
    SHARES

  • images
    एनआईसी एशिया बैंक र एनसीएचएलबीच नेपाल पे कार्ड जारी गर्ने सम्झौता

    काठमाडौं- एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ हाउस लिमिटेड (एनसीएचएल) सँग रणनीतिक सम्झौता गरेको छ ।

    उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

    यस सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना (डोमेस्टिक कार्ड स्क्याम) अन्तर्गतको यस नेपाल पे कार्ड आफ्ना ग्राहकहरुलाई जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ भने बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदारको रूपमा स्थापित गरेको छ । 

    यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित नेपाल पे कार्ड जारी गर्न बाटो खुलाउनेछ । साथै, देशभरका पीओएस र एटीएम नेटवर्कहरू मार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचना अन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ । 

    सम्झौताले बैंकका ग्राहकहरुलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिनेछ ।

    नेपाल पे कार्डमार्फत डिजिटल भुक्तानी गर्दै देशमा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ । साथै, डोमेस्टिक कार्ड स्क्याम) योजनामा यस बैंकका ग्राहकहरुको सक्रिय सहभागिताले सरल र सहज बैंकिङ सेवा पहुँच पु¥याउनुको साथै देशमा नगदरहित अर्थतन्त्रको विकास गर्न समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend