२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मेटलाइफ नेपाल र क्यानबीच बीमा नवीकरण सम्झौता


सञ्चार डबली
  • सोमबार, मंसिर १५ २०८२
  • 3.6K
    SHARES

  • images
    मेटलाइफ नेपाल र क्यानबीच बीमा नवीकरण सम्झौता

    काठमाडौं । मेटलाइफ नेपालले नेपाल क्रिकेट संघ (क्यान) सँगको बीमा साझेदारीलाई निरन्तरता दिंदै सम्झौता नवीकरण गरेको छ। एक वर्षअघि सुरु भएको यो साझेदारीको निरन्तरतासँगै नेपालको पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरू र क्यानले मेटलाइफबाट निरन्तर आर्थिक सुरक्षा तथा बीमा सुविधा प्राप्त गर्नेछन्। यसले खेलाडीहरूलाई कुनै चिन्ताबिना पूर्ण मनोयोगका साथ खेलमा केन्द्रित हुने वातावरण सिर्जना गर्नेछ।

    गत एक वर्षमा राष्ट्रिय टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा मेटलाइफको बीमा सुरक्षा खेलाडीहरूको मनोबलको बलियो आधार बनेको थियो। यो नवीकरण निकै महत्त्वपूर्ण समयमा भएको छ किनभने नेपालले हालै आइसिसी टी–२० विश्वकपको लागि ऐतिहासिक योग्यता हासिल गरेको छ। आगामी ठूला प्रतियोगिताको तयारीमा रहेको टोलीको आत्मविश्वास मेटलाइफको निरन्तर साथले थप सुदृढ भएको छ।

    क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले भने, “मेटलाइफ हाम्रो विश्वसनीय बीमा साझेदार भएकाले खेलाडीहरूलाई पूर्ण सुरक्षा र आत्मविश्वास मिलेको छ। आफू र परिवार सुरक्षित रहेको थाहा हुँदा हामी खेलमा सम्पूर्ण ऊर्जा लगाउन सक्छौं।”

    मेटलाइफ नेपालका जनरल म्यानेजर नर्मलकाजी श्रेष्ठले भने, “नेपाली क्रिकेट खेलाडीहरू राष्ट्रको गर्व, एकता र अठोटका प्रतीक हुन्। उनीहरूले मैदानमा देखाउने हरेक प्रदर्शन पछाडि हामी सुरक्षा कवच बनेर साथ दिइरहेका छौं। आगामी दिनमा पनि ठूला प्रतियोगितामा अघि बढ्दै गर्दा मेटलाइफ सधैं उनीहरूको भरपर्दो साझेदार रहनेछ। किनभने जब हाम्रा खेलाडी निडर हुन्छन्, तब नेपाल झनै उज्यालो बन्छ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend