२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कुमारी बैंकका ग्राहकले आरोग्य वेल केयरमा सित्तैमा ईसीजी गराउन पाउने


सञ्चार डबली
  • आइतबार, मंसिर १४ २०८२
  • 3.5K
    SHARES

  • images
    कुमारी बैंकका ग्राहकले आरोग्य वेल केयरमा सित्तैमा ईसीजी गराउन पाउने

     

    काठमाडौं । कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकमा विभिन्न सेवामा बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार आरोग्य वेल केयर क्लिनिकबाट प्रदान गरिँदै आएको सेवामा बैंकका ग्राहकलाई ईसीजीमा १०० प्रतिशत छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन – एबीपीयम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत छुट साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशत सम्मको छुट दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइहरु मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend