२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’ प्रदान


सञ्चार डबली
  • शनिबार, मंसिर १३ २०८२
  • 3.8K
    SHARES

  • images
    शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’ प्रदान

    काठमाडौं- शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासंघद्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । शिखर इन्स्योरेन्स यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी बन्न सफल भएको छ ।

    लेखा परीक्षक महासंघद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ ।

    यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन, वित्तीय अनुशासन, तथा हित धारकसँगको स्पष्ट र पारदर्शी सञ्चारप्रतिको निरन्तर प्रतिबद्धतालाई अझ प्रस्ट रूपमा पुष्टि गर्दछ ।

    कम्पनीले प्रकटीकरण प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नत बनाउने, तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने दिशामा गर्दै आएको प्रयासको यो महत्त्वपूर्ण प्रमाण हो ।

    शिखर इन्स्योरेन्स विश्वास गर्दछ कि यो मान्यताले भविष्यमा अझ उच्च स्तरको सुशासन, वित्तीय पारदर्शिता, र उत्तम प्रतिवेदन प्रणालीलाई विस्तार गर्न थप प्रेरणा प्रदान गर्नेछ, जसले समग्र नेपाली बिमा क्षेत्र तथा देशको कर्पोरेट समुदायमा सकारात्मक योगदान पु¥याउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend