२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जेनजी आन्दोलनमा भएको क्षतिबापत ४ अर्बभन्दा बढी बीमा दाबी, पुनर्बीमा कम्पनीहरूको दायित्व कति ?


सञ्चार डबली
  • बिहीबार , मंसिर ११ २०८२
  • 5.8K
    SHARES

  • images
    जेनजी आन्दोलनमा भएको क्षतिबापत  ४ अर्बभन्दा बढी बीमा दाबी, पुनर्बीमा कम्पनीहरूको दायित्व कति ?

    काठमाडौँ । हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा कुल ३,२५५ वटा दाबी परेका छन्। यी दाबीहरूको कूल दाबी रकम २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ रहेको छ।  

    यसमध्ये अग्रिम भुक्तानीसहित हालसम्म बीमितहरूलाई जम्मा ४ अर्ब २ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।  

    क्षेत्रगत भुक्तानी विवरण (बीमा कम्पनीहरूबाट): 

    • सम्पत्ति बीमा : ६९५ दाबी, कूल दाबी रु. १९ अर्ब ३ करोड ४१ लाखमध्ये रु. ३ अर्ब ९ करोड ४७ लाख भुक्तानी
    • मोटर बीमा : २,२९५ दाबी, कूल दाबी रु. ३ अर्ब ४४ करोड १० लाखमध्ये रु. ८४ करोड ८५ लाख भुक्तानी
    • इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा : २०९ दाबी, कूल रु. ५५ करोड ४ लाखमध्ये रु. ६ करोड ६९ लाख भुक्तानी  
    • परिवहन बीमा : १२ दाबी, कूल रु. १ करोड ६९ लाखमध्ये रु. ४८ लाख भुक्तानी  
      अन्य बीमा : ४४ दाबी, कूल रु. ३९ करोड १८ लाखमध्ये रु. ३९ लाख भुक्तानी  

    पुनर्बीमातर्फको अवस्था:  

    नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कुल २,८६० वटा पुनर्बीमा दाबी परेका छन्। यी दाबीहरूको कूल रकम करिब १५ अर्ब ८१ करोड रुपैयाँ छ।  

    नेपाल पुनर्बीमा कम्पनीले हालसम्म प्राथमिक बीमा कम्पनीहरूलाई अग्रिमसहित २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।  

    (तथ्यांकः नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनी तथा नेपाल पुनर्बीमा कम्पनीबाट प्राप्त पछिल्लो अद्यावधिक विवरण)

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend