२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो वर्ष SAFA अवार्ड


सञ्चार डबली
  • बिहीबार , मंसिर ११ २०८२
  • 4.5K
    SHARES

  • images
    कामना सेवा विकास बैंकलाई लगातार दोस्रो वर्ष SAFA अवार्ड

    काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले लगातार दोस्रो वर्ष “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (SAFA) अवार्ड २०२४” मा सम्मान प्राप्त गरेको छ। बैंकले वित्तीय सेवा क्षेत्रतर्फ “Certificate of Merit Award” जितेको हो।

    साफाले आर्थिक वर्ष २०८०/८१ (सन् २०२३/२४) को वार्षिक प्रतिवेदनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र CORPORATE GOVERNANCE मा उत्कृष्ट प्रदर्शन गर्ने संस्थालाई यो सम्मान प्रदान गर्ने गर्दछ। कामना सेवा विकास बैंकको १८औँ वार्षिक साधारण सभाका लागि तयार पारिएको वित्तीय विवरणले शेयरधनी तथा अन्य सरोकारवालाहरूलाई सूचना स्पष्ट, पारदर्शी र प्रभावकारी रूपमा प्रस्तुत गरेको कारण यो सम्मान पाएको हो।

    यो वर्षको SAFA अवार्ड वितरण समारोह पाकिस्तानको इस्लामाबादमा सम्पन्न भएको थियो। गत वर्ष पनि यही विधामा अवार्ड जितेको कामना सेवा विकास बैंकले यसपटक लगातार दोस्रो पटक यो उपल्ब्धि हासिल गरी आफ्नो निरन्तर उत्कृष्टता प्रमाणित गरेको छ।

    साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (SAFA इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (IFAC) को क्षेत्रीय निकाय हो। नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तानसहित दक्षिण एसियाका ११ वटा देशका चार्टर्ड एकाउन्टेन्ट संस्थाहरू यसका सदस्य छन्। SAFA ले प्रत्येक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित उत्कृष्ट वित्तीय प्रतिवेदनहरूलाई विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ।

    यसै वित्तीय प्रतिवेदनले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) बाट आयोजित “राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४” मा वित्तीय सेवा क्षेत्रतर्फ “Gold Award” समेत जितिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend