काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। भगवती कम्पोजिट इण्डस्ट्रिले ६ लाख ४४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन प्रक्रियाका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
आज मसिर १० गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष घिमिरेले हस्ताक्षर गरे ।
जारी पूँजीको २० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँमा आइपिओ निष्काशन गर्ने तयारी गरेको हो।
भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य वस्तुहरू उत्पादन गर्दै आइरहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो।


