२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा ल्यायो सजिलो डिजिटल भुक्तानी प्रविधि


सञ्चार डबली
  • मंगलबार, मंसिर ९ २०८२
  • 4.2K
    SHARES

  • images
    एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा ल्यायो सजिलो डिजिटल भुक्तानी प्रविधि

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँगको सहकार्यमा एनएमबि सफ्ट पस (NMB Soft POS) को प्रयोगमा ल्याएको छ । उक्त प्रविधिलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

    सफ्ट पस अत्याधुनिक प्रविधि हो । यसले भौतिक मेसिनबिनै आफ्नो एनलएफसी इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्यमबाट डिजिटल कार्डमार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्नेछन् ।

    पाटाले होटल, ट्राभल एजेन्सी, एयरलाइन्सलगायत पर्यटन क्षेत्रका सरोकारवालाको प्रतिनिधित्व गर्छ । यो सहकार्यको उद्देश्य पाटाका सदस्यलाई प्रविधिमैत्री बनाउनु रहेको बैंकले जनाएको छ ।

    एनएमबि सफ्ट पसको प्रयोगले पर्यटक र ग्राहकले सजिलै भुक्तानी गर्न सक्नेछन् । प्रविधिको बढ्दो प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढावा दिने बताइएको छ ।

    बैंक र पाटाको संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरिएको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
    .

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend