२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘कर्पोरेट मिट–२०८२’ सम्पन्न


सञ्चार डबली
  • सोमबार, मंसिर ८ २०८२
  • 3.6K
    SHARES

  • images
    सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘कर्पोरेट मिट–२०८२’ सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा वृद्धि र संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित ‘कर्पोरेट मिट-२०८२’ कार्यक्रम आज मंसिर ५ गते लेमन ट्री प्रिमियर होटल, बुढानिलकण्ठ, काठमाडौंमा सम्पन्न गरेको छ।

    कार्यक्रममा कम्पनीका अध्यक्ष केशब प्रसाद भट्टराईसहित सञ्चालक आकाश गोल्छा, चुडामणि देवकोटा, हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, नायव प्रमुख कार्यकारी अधिकृत फर्शुराम मरासिनी तथा कम्पनीका सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कर्मचारीको सोच, कार्यशैली, सेवागत व्यवहार तथा सुशासनमा आवश्यक पर्ने सुधारबारे विस्तृत मार्गनिर्देशन प्रदान गरेका थिए । 

    कार्यक्रमको प्रारम्भिक सत्रमा स्पिकर डा.संजिव हुमागाईं, डा.दिनेश पन्त र मनोज भट्टराईले क्रमशः ‘प्रोफेसनल कल्चर’, ‘इमोशनल इन्टेलिजेन्स’ तथा ‘कम्युनिकेसन इफ्फेकटिभ’ सम्बन्धी अन्तरक्रियात्मक तालिम प्रदान गरेका थिए।

    त्यसक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले हरेक सूचकमा उत्कृष्टता हासिल गर्दै आएको उल्लेख गर्दै, बीमितलाई सहज सेवा उपलब्ध गराउन डिजिटल ट्रान्सफर्मेसन प्रक्रियालाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने जानकारी दिए ।

    ‘बेस्ट इम्प्लोई-आइडिया इन्टु एक्सन’ श्रेणीमा कानुन तथा दाबी विभागका महेश अधिकारी, ‘बेस्ट इम्प्लोई -क्रिएटिंग एन इम्प्याक्ट’ श्रेणीमा वित्त विभाग प्रमुख आशिष ज्ञवालीलाई सम्मान गरियो। साथै ‘बेस्ट डिपार्टमेन्ट-अवार्ड अफ एक्सिलेन्सी’ अन्डरराइटिङ विभागलाई प्रदान गरिएको थियो।

    सञ्चालक समितिका अध्यक्ष केशब प्रसाद भट्टराईले कर्मचारीहरूको व्यक्तित्व विकास र हितका लागि समितिको निरन्तर साथ रहने बताउँदै, कम्पनीले संस्थागत सुशासनमा विशेष ध्यान दिने र बीमा प्राधिकरणबाट जारी भएका नीति-नियमहरूको अनिवार्य पालना गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा सहभागी कर्मचारीहरूले दैनिक व्यस्तताबाट बाहिर निस्केर यस्ता कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई थप उत्साहित, आत्मविश्वासपूर्ण र पेशागत रूपमा सक्षम महसुस भएको अनुभव व्यक्त गरेका छन्।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend