२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआइसी एशिया बैंकले ल्यायो शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजरमा ‘सेयर लोन’ योजना


सञ्चार डबली
  • शुक्रबार, मंसिर ५ २०८२
  • 3.8K
    SHARES

  • images
    एनआइसी एशिया बैंकले ल्यायो शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजरमा ‘सेयर लोन’ योजना

    काठमाडौँ । एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआइसी एशिया सेयर लोन’को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।

    ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौँ ग्राहकहरूमाझ गतिशील, सबल, उत्तरदायी एवम् विश्वसनीय बैंकिङ्ग अभ्यासद्वारा ग्राहककेन्द्रीत आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा यो योजना सार्वजनिक गरेको हो ।

    ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रूपमा रहेको सेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा सेयर कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।  

    उक्त योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

    प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको अनुपम सुविधाले भरिपूर्ण बैंकको उक्त कर्जामार्फत ग्राहकहरूलाई सहज रूपमा कर्जा प्रदान गर्ने रणनीति अपनाएको छ ।

    साथै ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरूप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापनासमेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend