२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मेटलाइफ फर्च्यून वर्ल्डको उत्कृष्ट २५ कार्यस्थलको रूपमा सम्मानित


सञ्चार डबली
  • मंगलबार, मंसिर २ २०८२
  • 2.5K
    SHARES

  • images
    मेटलाइफ फर्च्यून वर्ल्डको उत्कृष्ट २५ कार्यस्थलको रूपमा सम्मानित

    काठमाडौं- मेटलाइफ, इंक लगातार दोस्रो वर्ष फर्च्यून वर्ल्डको २५ उत्कृष्ट कार्यस्थलहरूमा स्थान हासिल गरेको छ। विश्वभरका २५ कम्पनीलाई मात्र दिइएको यो मान्यताको १०औं नम्बरमा पर्नाले कम्पनीका कर्मचारी, ग्राहक र समुदायप्रतिको प्रतिबद्धतालाई देखाएको छ।

    मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले यो कम्पनीका कर्मचारीको जोश र समर्पणको प्रमाण भएको बताए। उनले आफूहरूले नयाँ सिद्धान्त र रणनीतिका साथ अगाडि बढेका कारण यो सम्भव भएको र यसले कम्पनीले आफ्नो दायित्व पूरा गरिरहेको कुराको प्रतिबिम्ब भएको बताए।

    फर्च्यूनको अनुसन्धान साझेदार ग्रेट प्लेस टु वर्कद्वारा संकलित विश्वका २५ उत्कृष्ट कार्यस्थलहरू ग्रेट प्लेस टु वर्क प्रमाणित संस्थाहरूमा २ करोड ५० लाख कर्मचारीहरूको अनुभव प्रतिनिधित्व गर्ने नौ मिलियन सर्वेक्षण प्रतिक्रियाहरूमा आधारित छ। कम्पनीहरूलाई उत्कृष्ट कार्यस्थलहरू सिर्जना गर्न र विश्वभरका धेरै देशहरूमा मानिसहरू र समुदायहरूलाई सकारात्मक प्रभाव पार्ने उनीहरूको प्रयासको आधारमा मूल्याङ्कन गरिन्छ।

    फर्च्यून वर्ल्डको २५ उत्कृष्ट कार्यस्थल सूचीमा मेटलाइफको मान्यता अमेरिकामा काम गर्नका लागि फच्र्यून १०० उत्कृष्ट कम्पनीहरूका सूचीमा लगातार तेस्रो वर्ष र एशिया, युरोप, ल्याटिन अमेरिका र मध्य पूर्वमा उत्कृष्ट कार्यस्थलको रूपमा क्षेत्रीय मान्यता पछि आएको छ। २०२५ मा मेटलाइफलाई ३३ मार्केटमा काम गर्नको लागि उत्कृष्ट स्थानको रूपमा प्रमाणित गरिएको थियो र ब्राजिल, चिली, चीन, साइप्रस, भारत, इटाली, मेक्सिको, पोल्याण्ड, पोर्चुगल, दक्षिण कोरिया, स्पेन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य र उरुग्वेमा उत्कृष्ट कार्यस्थल सम्मान प्राप्त गरेको थियो।

    मेटलाइफले हासिल गरेका सबै कुराको पछाडि कर्मचारीहरू नै प्रेरक शक्ति भएको मेटलाइफका प्रमुख मानव संसाधन अधिकृत शुराउल सिब्लिसले बताए। उनका अनुसार यो मान्यता कम्पनी भित्र र कम्पनीले सेवा गर्ने समुदायहरूमा भिन्नता ल्याउने उनीहरूको प्रतिबद्धताको प्रत्यक्ष परिणाम हो।

    फर्च्यून वर्ल्डको २५ उत्कृष्ट कार्यस्थलमा समावेश गर्न कम्पनीहरूसँग ५ हजार वा सोभन्दा बढी विश्वव्यापी कर्मचारीहरू हुनुपर्छ र २०२४ वा २०२५ को शुरुमा एशिया, युरोप, ल्याटिन अमेरिका, अफ्रिका, उत्तरी अमेरिका वा अष्ट्रेलियामा कम्तीमा पाँच उत्कृष्ट कार्यस्थल सूचीमा मान्यता प्राप्त उत्कृष्ट विश्वव्यापी रोजगारदाताको रूपमा पहिचान गरिएको हुनुपर्छ। कम्पनीहरूलाई उनीहरूको राष्ट्रिय बजार र विश्वभरका अन्य कम्पनीहरूलाई उछिन्ने क्षमताको आधारमा उच्च स्थानमा राखिएको हुन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend