२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लक्ष्मी सनराइज बैंकले ऋणपत्र ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति


सञ्चार डबली
  • मंगलबार, मंसिर २ २०८२
  • 3.7K
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकले ऋणपत्र ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ। नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ऋणपत्र ल्याउने तयारी गरेको हो।

    लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ‘लक्ष्मी सनराइज डिबेन्चर-२०९२’ ल्याउन अनुमति मागेको छ । धितोपत्र बोर्डले अनुमति दिएमा लक्ष्मी सनराइज बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्ने भएको छ।

    यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend