२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

१५.७० अंकले बढ्याे नेप्से, कारोबार रकम ४ अर्ब १० करोड


सञ्चार डबली
  • मंगलबार, मंसिर २ २०८२
  • 4.3K
    SHARES

  • images
    १५.७० अंकले बढ्याे नेप्से, कारोबार रकम ४ अर्ब १० करोड

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १५.७० अंकले बढेर २,५६६ को विन्दुमा कायम भएको छ ।

    आज २९७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोडको शेयर कारोबार भएको छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको २२ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने  माउन्टेन इनर्जीको १३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    2.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend