२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 10.3K
    SHARES

  • images
    देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ

    काठमाडाै‌ं, २८ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाँउबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४३ ग्रामसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा बस्ने १९ वर्षीय जुनेद राई र १९ वर्षीय सलमान अली रहेका छन् ।

    ईलाका प्रहरी कार्यालय जमुना र लागुऔषध नियन्त्रण ब्युरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३२ एमपी ६१८९ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    पर्साकाे वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ १५ केजी ३ सय १० ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-५ बस्ने ३५ वर्षीय  सत्यनारायण माझी र ४०  वर्षीय प्रहलाद माझी रहेका छन् ।

    प्रहरी चौकी ईनरुवाबाट र सशस्त्र प्रहरी बल समेतको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीको तल्लो भागमा लुकाई छिपाई राखेको उक्त पदार्थसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

    कञ्चनपुरकाे बेलौरी नगरपालिका-३ खिरीयाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम १ मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय फिलिप रानालाई  प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र प्रहरी चौकी फटैयाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

    म्याग्दीकाे बेनी नगरपालिका-२ खबराबाट अवैध लागुऔषध गाँजा १ केजी २० ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय  सौरभ परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो । 

     


    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend