काठमाडौं । नबिल बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो।
बैंकको संस्थापक समूहको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हालको लागी बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ भने यसको अर्थ खरिदका लागि निवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नु पर्नेछ। संस्थापक शेयरधनीहरुले ५ दिन भित्र काठमाडौंको तीनधारास्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।


