२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गरिमा विकास बैंकको १९ औं साधारणसभा आज हुँदै


सञ्चार डबली
  • बिहीबार , कात्तिक २७ २०८२
  • 5.7K
    SHARES

  • images
    गरिमा विकास बैंकको १९ औं साधारणसभा आज हुँदै

    काठमाडौं- गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा आज कार्तिक २७ गते बिहीबार बस्दैछ । सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा हुन लागेको हो ।

    सभाले आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१र०८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित छ ।

    यस सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम हाल कायम चुक्ता पूँजीको ४।५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित) वितरण गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक वर्ष २०८२र८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

    सभाले संचालक समितिको प्रस्ताव तथा नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने, विकास बैंकको हाल कायम अधिकृत पूँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

    बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कात्तिक १८ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend