२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

फोनपेले १९ प्रतिशत नगद लाभांश दिने


सञ्चार डबली
  • बुधबार, कात्तिक २६ २०८२
  • 5.5K
    SHARES

  • images
    फोनपेले १९ प्रतिशत नगद लाभांश दिने

     काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । विसं. २०८२ कात्तिक २४ गते (सोमबार) भएको सभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरिएका छन् ।

    फोनपे कम्पनीका सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीहरूलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    स्वतन्त्र सञ्चालकका रूपमा पुनः सशीन जोशीलाई पुनर्नियुक्त गर्ने र आर्थिक वर्ष ०८२/८३ का लागि एनबीएसएमएण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend