काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १,०२३.१५ प्रतिशतले उल्लेखनीय रूपमा वृद्धि भएको छ। संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम मात्र १० लाख ३४ हजार थियो।
संस्थाको खुद ब्याज आम्दानी ३७.०९ प्रतिशतले बढेर ४ करोड ९० लाख रुपैयाँ पुगेको छ।
यस त्रैमासमा संस्थाको खुद सञ्चालन आम्दानी ५ करोड ३२ लाख र सञ्चालन नाफा १ करोड ६५ लाख रुपैयाँ कायम भएको छ। निक्षेप सङ्कलन ४४ करोड ५२ लाखबाट बढेर ५० करोड ६३ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी २ अर्ब ३ करोडबाट वृद्धि भई २ अर्ब ३४ करोड रुपैयाँ भएको छ।
अघिल्लो वर्ष २५ लाख ५६ हजार रहेको रिटेन्ड अर्निङ बढेर ५ करोड ८० लाख रुपैयाँ पुगेको छ। संस्थाको जगेडा कोषमा ८ करोड ६४ लाख रुपैयाँ सञ्चित छ। यसैगरी, वितरणयोग्य नाफा २ करोड ७९ लाख रुपैयाँ रहेको छ।
खराब कर्जा अनुपात भने सुधारिएको छ—४.९३ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) ३०.६७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९५.३२ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १,७६९.०४ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ४७.४२ गुणा र तरलता अनुपात ९.४३ गुणा कायम भएको छ।


