२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गरिमा विकास बैंकद्वारा ‘गरिमा रोड रेस २०८२’ आयोजना, कसरी सहभागी हुन सकिन्छ प्रतियोगितामा ?


सञ्चार डबली
  • बुधबार, कात्तिक २६ २०८२
  • 4.7K
    SHARES

  • images
    गरिमा विकास बैंकद्वारा ‘गरिमा रोड रेस २०८२’ आयोजना, कसरी सहभागी हुन सकिन्छ प्रतियोगितामा ?

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ मंसिर ६ गते शनिबार दोस्रो संस्करणको गरिमा रोड रेस, २०८२ आयोजना गर्न लागेको छ।

    बैंकले गत वर्षदेखि सुरु गरेको यस रोड रेस प्रतियोगिता यस वर्ष खुला (महिला र पुरुष) १० किलोमिटर, कर्पोरेट (महिला र पुरुष) ५ किलोमिटर तथा भेट्रान (महिला र पुरुष) ५ किलोमिटरमा आयोजना गर्ने जनाएको छ। 

    गत वर्ष खुला र कर्पोरेट विधामा मात्र प्रतियोगिता भएकोमा यस वर्ष उमेर सीमा पार गरेका महिला (४५ वर्षं) र पुरुष (५० वर्षं) धावकको सहभागिताका लागि भेट्रान विधा पनि थप गरिएको छ। 

    प्रतियोगितामा करिब एक हजार जना धावकको सहभागिता अपेक्षित छ। खुला तर्फ विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने दोस्रो स्थान ३५ हजार रुपैयाँ, तेस्रो २० हजार रुपैयाँ, चौथो १५ रुपैयाँ र पाँचौँ १० हजाररुपैयाँ प्राप्त गर्नेछन्। कर्पोरेट र भेट्रानतर्फ पहिलो स्थान ३० हजार रुपैयाँ, दोस्रो २० हजार, तेस्रो १४ हजार, चौथो १० हजार र पाँचौँ ७ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।

    रोड रेसको खुला तर्फको प्रतिस्पर्धा बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालयबाट सुरु भई बुढानिलकण्ठ नगरपालिका–३ पुगेर फिर्ता बालुवाटारसम्म हुनेछ। कर्पोरेट र भेट्रानतर्फको प्रतिस्पर्धा पनि सोही स्थानबाट सुरु भई बाँसबारी न्युरो अस्पतालसम्म पुगेर फिर्ता बालुवाटारसम्म सम्पन्न हुनेछ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले खल्ती एपमार्फत २० रुपैयाँ शुल्क तिरी २८ कार्तिकदेखि ४ मंसिरसम्म रजिष्ट्रेसन गर्न सक्नेछन्। प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

    गत वर्ष गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेको थियो भने यस वर्ष अझै बढी सहभागिता हुने बैंकले विश्वास लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend